आइएमई जनरल इन्स्योरेन्सको ९१ हजार १९५ कित्ता सेयर लिलामी खुल्यो
काठमाडौं । आज ९वैशाख १२ गतेदेखि आइएमई जनरल इन्स्योरेन्सको ९१ हजार १९५ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । जसमा कम्पनीले सर्वसाधारण समूहको ८८ हजार ९३४ कित्ता र संस्थापक समूहको २ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आवेदन दिने अन्तिम म्याद वैशाख २० गतेसम्म रहेको छ । यसअघि कम्पनीले फागुन २२ गतेबाट चैत १३ गतेसम्म ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।
वि.सं.२०७९ वैशाख १२ १३:२४




















