नाफा २६.२१% ले एभरेष्ट इन्स्योरेन्सको घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट इन्स्योरेन्सको खुद नाफा २६.२१५ ले घटेर १० करोड ९४ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ८२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
तथापि, यसअवधिमा कम्पनीको आन्तिरिक तथा बाहिरी वातावरणमा सुधार भई कम्पनीको कुल बिमा शुल्कमा वृद्धि भएको कम्पनीले जनाएको छ ।
यस अवधिमा कम्पनीको कुल बिमा शुल्क आर्जन १७.९७५ ले बढेर ९२ करोड ७४ लाख ३३ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क पनि १२.०१५ ले बढेर ४३ करोड ५८ लाख ९४ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा बिमा कोषको आकार १६।४६५ ले बढेर ४६ करोड ६८ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ४० पैसा छ । बिमा समितिले पछिल्लो समय निर्धारण गरेको चुक्ता पुँजी पुर्याउन हिमालयन जनरल इन्सुरेन्ससँग मर्जर सम्झौता भएकाले अहिले यसको दोस्रो बजारमा सेयर कारोबार रोक्का छ ।
वि.सं.२०७९ वैशाख २९ ०८:१०




















