back
stc
prabhu insurance

नेपाल इन्स्योरेन्सको नाफा सामान्य बढे 

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्स्योरेन्सको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा नाफा ५.४९ प्रतिशत ले बढेर १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको बिमा कोषको आकार र खुद बिमा शुल्क आर्जन दुवै बढेको छ ।

बिमा कोषको आकार २९.८० प्रतिशत ले बढेर ६५ करोड ८३ लाख ८ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन ३.३५ प्रतिशत ले बढेर ६० करोड १३ लाख ३९ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७१ पैसा छ ।