असार २३ गते प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा
काठमाडौं । असार २३ गते प्रभु लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्सको विशेष साधारण सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा दिउँसो ११ः४५ बजेदेखि सुरु हुनेछ ।
बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटाहरो चलिरहँदा प्रभु लाइफ इन्स्योरेन्सले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो ।
इन्स्योरेन्सले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको छ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
सभा प्रयोजनका लागि इन्स्योरेन्सले असार १६ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार बुधबार असार १५ गतेसम्म कायम सेयरधनीले मात्र उक्त विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
वि.सं.२०७९ असार १४ ०८:२१




















