गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको ७.८३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज असोज २५ गते मंगलबार अन्तिम दिन हो ।
इन्स्योरेन्सले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि बुधबार असोज २६ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
इन्स्योरेन्सले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
साधारण सभामा यूनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्ससँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एजेन्डा छ ।
साथै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा कम्पनीको प्रधान कार्यालय, राज भवन तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
वि.सं.२०७९ असोज २५ ०८:०६




















