back
stc
prabhu insurance

एनएलजी इन्स्योरेन्सको चैत २० गते १७ औं वार्षिक साधारण सभा

काठमाडौं । एनएलजी इन्स्योरेन्सले चैत २० गते १७ औं वार्षिक साधारण सभा डाकेको छ । सभा आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट १० प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७९–/को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

यस्तै, अधिकृत पुँजी १।५० अर्ब रुपैयाँ बाट वृद्धि गरी ३ अर्ब पुर्याइने, प्रबन्धपत्र संशोधन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने लगायतको योजना सभामा पेश हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । चैत १२ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।