back
stc
prabhu insurance

सन नेपाल लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापत दाबी भुक्तानी गरेको छ । कम्पनीबाट बीमा गराई बैदेशिक रोजगारमा मलेसिया गएका बीमित बिजय बहादुर वाईबाको रोजगारका क्रममा दुबै मृगौला फेल भई हाल सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराइरहेकोमा कम्पनीले नीजलाई घातक रोग बापतको रकम दिएको हो ।

कम्पनीले उनलाई दाबी रकम पाँच लाखको चेक अस्पतालमा नै गई हस्तान्तरण गरेको हो । सो कम्पनीका गोंगबु कार्यालय प्रमुख अर्जुन प्रसाद भेटुवालले हस्तान्तरण सहित शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

सो कार्यक्रममा कम्पनीका गोंगबु कार्यालयका कर्मचारी कृष्ण गुरुङ, अभिकर्ता निशल खड्का तथा बीमितका दाजु खड्ग बाहादुर वाईबाको समेत उपस्थिति थियो ।