back
stc
prabhu insurance

हिमालयन लाइफ इन्स्योरेन्सको करिब २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको करिब २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको १ लाख ९६ हजार ९७३ कित्ता शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

तोकिएको समयभित्र इच्छुक संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि कम्पनीको कानुन विभागमा निवेदन दिनुपर्नेछ।

संस्थापक शेयरधनीहरुबाट तोकिएको मितिभित्र शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य खरिदकर्तालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।