back
prabhu insurance
himalayanlife

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल २४ ओैं वर्षमा प्रवेश

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड भदौ १६ गते आफ्नो स्थापनाको २३ वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ ।

एलआइसी नेपाल इ.स. २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। यो नेपालको एक अग्रणी बीमा कम्पनी हो ।

नेपालको कुनाकाप्चा र बहुसंख्यक नागरिकका बीच बीमाबारे सचेतना बढाई बीमा सेवाको दायरा बृद्दि गर्न एलआइसी नेपालले अहम भूमिका खेलेको कम्पनीले दाबी गरेको छ ।

२४ औं वार्षिकोत्सव कम्पनीको कर्पोरेट कार्यालयमा एक कार्यक्रम आयोजना गरि मनाएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि कम्पनीका संस्थापक संचालक अशोक कुमार अग्रवाल रहेका थिए। उनले सो कार्यक्रममा कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता,एजेन्सी म्यानेजर एवं निम्तालु अतिथीहरुलाई दोसल्ला ओढाइ, टिका एवं माला पहिर्‍याई सम्मान गरेका थिए ।

प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुनुहुने एजेन्ट पूर्ण बहादुर खड्का, बीमालेखको आधारमा प्रथम हुनुहुने शारदा राई (काठमाडौं), एजेन्सी म्यानेजरको आधारमा प्रथम हुने रीता खतिवडालाई माला तथा दोसल्ला ओढाइ अध्यक्ष अग्रवालले सम्मान गरेका थिए ।

त्यसैगरी सन् २००१ देखि अभिकर्ताको हैसियतमा सेवा प्रदान गर्ने उमेरले बरिष्ठ सक्रिय अभिकर्ता शंकर कार्की, चिकित्सकको रुपमा सेवा प्रदान गर्ने डा. अनिल मिश्र, हिमालयन पुनर्बीमा कम्पनीका डेपुटी कार्यकारी अधिकृत मनिष कुमार, केयर रेटिङका प्रमुख कार्यकारी अधिकृत, इक्रा नेपालकी प्रबन्ध निर्देशक वर्षा श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक प्रणय कुमारले वर्तमान विषम परिस्थितिको बावजुद पनि लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आईपर्ने जोखिममलाई न्यूनिकरण गरी आम नागरिकको बिश्वास जित्न सफल भएको बताएका थिए ।

उनले कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याई पुर्याउनमा नियमनकारी निकाय, संचालक समिति,  शेयरधनी  एवं  कर्मचारी लगायत  सबैमा हार्दिक  कृतज्ञताका  साथै  धन्यवाद  व्यक्त गरेका थिए ।