back
prabhu insurance
himalayanlife

नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान

काठमाडौं । असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिकाको नख्खु खोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल काभ्रे जिल्लाको तेमाल गाउँपालिका–९ चोपाटार घर भई हाल ललितपुर महानगरपालिका–२५ अस्थायी बसोबास गर्ने ३७ वर्षीय चणिकलाल तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्मान गरेको छ।

कम्पनीको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले सम्मान गरेका हुन्।

प्रमुख कार्यकारी अधिकृत प्रसाईंले रियल हिरोको संज्ञा दिँदै स्वतःस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए।

प्रसाईं यस्तो पुण्य कार्य गरेकोमा तामाङलाई प्रभु महालक्ष्मी लाइफका तर्फबाट रु। ३० लाख बीमांक रकमको बीमालेख सहित रु। ११ हजार नगद सम्मानस्वरुप प्रदान गरेका हुन्।

कार्यक्रममा उद्धारकर्ता तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सह्य भएन र बाढीमा हामफाली दुईजनालाई बचाउन सफल भएको बताए।

उनले भने, ‘यस किसिमका सम्मानले हौसल प्रदान गर्छ र मलगायत अन्य व्यक्तिमा पनि मानवीयता विकास हुने विश्वास लिएको छु ।’

सबैले आफ्नो क्षमताअनुसारको आपसी सहयोग र सद्भाव राख्दा अहिलेको प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न सकिने तामाङले बताए।