back
stc
prabhu insurance

नेको इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले मंसिर २५ देखि २७ गतेसम्म अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले एकैचोटी निर्जीवन बीमा र कृषि, पशुविज्ञान वा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो।

बीमा अभिकर्ता तालिम लिनका लागि कम्तीमा एसएलसी वा सो सरहेको परीक्षा पास गरेको हुनु पर्नेछ। कृषि पशुविज्ञान वा जडिबुटी बीमा अभिकर्ता तालिम लिनका लागि कम्तीमा एसएलसी वा सो सरहको परीक्षा पास गरी कृषि, पशु वा वनस्पति विज्ञानमा घटीमा एक वर्षको तालिम लिएको अथवा कृषि, पशु वा वनस्पति विज्ञानबाट टीएलएलसी वा एसएलसी सरहको परीक्षा पास गरेको हुनुपर्नेछ।

इच्छुक व्यक्तिले मंसिर २४ गतेभित्र कम्पनीको केन्द्रीय तथा शाखा कार्यालयमा निवेदन दिनु पर्नेछ। तालिम काठमाडौंमा सञ्चालन गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

साथै तालिम सकिएपछि भर्चुअल माध्यमबाट अभिकर्ता परीक्षा लिइने कम्पनीले जनाएको छ। यसअघि नै तालिम लिइसकेका तर परीक्षा दिन नपाएकालाई पनि यो परीक्षामा सहभागी गराइने व्यवस्था गरिएको छ।