back
prabhu insurance
himalayanlife

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । शेयर पर्नेहरुको खातामा सिडीएससीले शुक्रबार साँझ शेयर पठाएको हो ।

शेयरधनीको खातामा शेयरमा आएसंगै अब नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर सूचीकृत भएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । कम्पनीको शेयर सिम्बलबाट कारोबार हुने छ।

कम्पनीले पुस २१ गतेदेखि पुस २४ गतेसम्म आम सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

सो आईपीओ माघ ६ गते आइतबार बाँडफाँड भएको थियो । जसमा १ लाख ८४ हजार ५ सय जनाले शेयर पाएका थिए।