अष्ट्रेलियामा निर्वाचन : प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय
एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको चुनावमा पराजय स्वीकार गरेका छन् । प्रारम्भिक रुझानले प्रधानमन्त्री मोरिसनको लिबरल–नेसनल गठबन्धनले चुनावमा हार्ने देखाइरहेका बेला प्रधानमन्त्रीले पराजय स्वीकार गरेको विवरणहरुमा जनाइएको छ ।
‘आज राती मैले विपक्षी नेता र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग कुरा गरेको छु । मैले उहाँलाई चुनावी जितको लागि बधाई दिएको छु’, मोरिसनले भने।
‘अष्ट्रेलियालीहरूले ठूलो समर्थन र उनीहरूको शक्ति, लचिलोपन र चरित्र देखाएका छन् । म यसका लागि उनीहरूलाई धन्यवाद दिन्छु’, मोरिसनले भने, ‘सरकारको रूपमा हामीले राष्ट्रको सुरक्षामा लगानी गरेका छौं ।’
वि.सं.२०७९ जेठ ८ १३:१७




















