फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी
एजेन्सी । मध्यफिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको र उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन्।
आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ।
मामा मेरी – क्लो नाम गरेको उक्त डुंगा बोहोल र लेयट टापुहरूको बीचमा यात्रा गर्दै थियो। फेसबुकमा कोस्ट गार्डले सार्वजनिक गरेको एउटा भिडियोमा दुर्घटनामा बाँचेकाहरूलाई नदी किनारमा बसेको देखाइएको छ।
१५७ यात्रु र आठ चालकदलसहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ बढिरहेको थियो। आगो लागेपछि यात्रुहरू डुंगाबाट हाम फालेका थिए।
आगलागीको कारण खुलेको छैन्। क्षमताभन्दा बढी यात्रुका फिलिपिन्समा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन्।
वि.सं.२०७९ असार १३ ०६:४०




















