जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार
एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । एएफपीले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्व प्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएको उल्लेख गरेको छ ।
नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
स्थानीय समय अनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारमा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै जापान टाइम्सले लेखेको छ ।
वि.सं.२०७९ असार २४ ०९:१५




















