back
stc
prabhu insurance

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको आज टोकियोस्थित एक बौद्ध मन्दिरमा अन्त्येष्टि गरिने

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि आज टोकियोको एक बौद्ध मन्दिरमा कडा सुरक्षाबीच गरिने भएको छ। शुक्रबार चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनको हत्या भएको थियो।

सोमबार, सिन्जो आबेको परिवार र नजिकका साथीहरूले प्रार्थना सभा गरेका थिए। उक्त बैठकमा जापानी प्रधानमन्त्री फुमिया किशिदा र अमेरिकी अर्थमन्त्री जेनेटलगायत करिब साढे दुई हजार मानिस सहभागी थिए।

सिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो। जापान टाइम्सका अनुसार गोली लागेका आबेको घाँटीमा चोट लागेको थियो र उनको शरीरभित्र रक्तश्राव भएको थियो।

प्रहरीले घटनास्थलबाट ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ। जापानी मिडियाका अनुसार आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य हुन्।

संदिग्ध आक्रमणकारीको पहिचान तेत्सुया यामागामीको रूपमा गरिएको छ। उनी नारा शहरका बासिन्दा हुन्। जापानको राज्य प्रसारक एनएचकेका अनुसार आक्रमणकारीले हातले बनाएको बन्दुकले गोली हानेको हुन्।

प्रहरीले शंकास्पद आक्रमणकारीको घरमा छापा मार्दा त्यहाँबाट पनि विस्फोटक पदार्थ बरामद भएको थियो।