गाजामा इजरायली हवाई आक्रमणमा परी २४ जनाको मृत्यु, ३०० घाइते
एजेन्सी । प्यालेस्टाइनमा इजरायली हवाई हमलामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२५ जना घाइते भएका छन्। इजरायली हवाई आक्रमणको दुई दिनमा २४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा छ बालबालिकासमेत रहेका छन्।
घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। यता इजरायलले प्यालेस्टाइनले शुक्रबारदेखि इजरायलमा करिब ३०० हवाई हमला गरेको आरोप लगाएको छ।
सन् २०२१ को मे महिनामा इजरायल र प्यालेस्टाइनबीच ११ दिनसम्म संघर्ष हुँदा २०० भन्दा बढी प्यालेस्टाइन र दर्जन इजरायली नागरिकको ज्यान गएको थियो।
वि.सं.२०७९ साउन २२ ०७:३०



















