back
stc
prabhu insurance

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको घरमा एफबीआईले छापा मार्‍यो

एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निवासमा संघीय जाँच ब्यूरो (एफबीआई) ले छापा मारेको बताउनुभएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित आलिसान निवासमा छापा मार्ने क्रममा दर्जनौं सुरक्षाकर्मीले निवास केही बेर नियन्त्रणमा लिएको उहाँको आरोप छ ।

उहाँले एक विज्ञप्ति जारी गर्दै आफ्नो निवास कब्जामा लिएको बताउनुभएको छ । आफूले सहयोग गर्दा गर्दै पनि अनाधिकृत रुपले निवासमा छापा मारेको उहाँले आरोप लगाउनुभएको छ ।

गत वर्ष अमेरिकी क्यापिटल भवनमा भएको दंगामा ट्रम्पको संलग्नता भएको भन्दै छानबिन प्रक्रिया जारी रहेकै बेला उहाँको निवासमा छापा मारिएको खबर बाहिर आएको हो ।

घरमा छापा मार्ने समयमा पूर्वराष्ट्रपति ट्रम्प भने न्यूयोर्क शहरको ट्रम्प टावरमा रहनुभएको थियो ।

उहाँ राष्ट्रपति हुँदा सरकारी कागजातको दुरुपयोग सम्बन्धमा छानबिनका लागि छापा मारेको जनाइएको छ ।