back
stc
prabhu insurance

दक्षिण कोरियामा दैनिक ३४ हजार भन्दा बढी कोरोना संक्रमित

एजेन्सी । दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका पाइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ ।

यहाँ अघिल्लो दिनमात्र १६ हजार जनामा मात्र कोरोनाका संक्रमित पाइएकामा बुधबार ३४ हजार भन्दा बढी देखिएको हो ।

यहाँ अघिल्लो हप्ता दैनिक करिब २४ हजार जनामा संक्रमित भएको बताइएकामा बुधबार यसमा बृद्धि भएको हो ।

पछिल्लो दिन यहाँ कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । यहाँ अहिलेसम्म कोरोनाबाट २८ हजार जनाभन्दा बढीको कोरोनाले निधन भएको छ ।