back
stc
prabhu insurance

चीनसँगको विवादित सीमामा भारतीय सेना तैनाथ

नयाँ दिल्ली। भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँगको विवादित सीमामा सेना तैनाथलाई अभूतपूर्व स्तरमा पु(याएको बताएका छन्। भारतले चीनलाई सीमामा यथास्थिति ‘एकतर्फी रूपमा परिवर्तन’ गर्न नदिने उनले बताए।

अरुणाचल प्रदेश राज्यको सीमामा रहेको विवादित क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको केही दिनपछि उनको टिप्पणी आएको हो। चिनियाँ सेनाको अतिक्रमणका कारण भिडन्त सुरु भएको भारतले दाबी गर्दै आएको छ।

यसैबीच, चीनको परराष्ट्र मन्त्रालयले उनीहरुको जानकारी अनुसार सिमानामा स्थिति ‘सामान्यतया स्थिर’ रहेको र दुई पक्षले यस विषयमा वार्ता जारी राखेको जनाएको छ।