back
stc
prabhu insurance

बंगलादेशमा अक्सिजन प्लान्टमा विष्फोट, कम्तीमा ५ जनाको मृत्यु

बंगलादेशको चटगाउँमा रहेको अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दमकलले आगो नियन्त्रणमा लिएको छ । यद्यपि बेलुकासम्म राहत र उद्धार कार्य जारी रहेको थियो ।

आगो नियन्त्रणमा लिएको दमकलले राति ८ बजे जानकारी दिएको थियो । चटगाउँका वरिष्ठ सहायक आयुक्त मोहम्मद तोहिदुल इस्लामले बीबीसीलाई भने कि प्रशासनले एउटा कन्ट्रोल रुम स्थापना गरेको छ र मारिएका परिवारलाई जानकारी गराइएको छ।

तोहिदुल इस्लामले बीबीसीलाई भने, “उद्धार कार्य जारी छ। मानिसहरूको उपचारको प्रयास भइरहेको छ। हालसम्म ५ जनाको शव फेला परेको छ भने २२ जनाको अस्पतालमा उपचार भइरहेको छ ।”

त्यही क्रममा अस्पतालमा उपस्थित फोटो पत्रकार श्यामलाल नन्दी अस्पतालमा घाइते र मृत्यु हुनेको भीड रहेको बताउँछन् । जानकारी अनुसार अक्सिजन प्लान्टमा अपराह्न ४स्३० बजे विष्फोट भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार विस्फोटमा अक्सिजन प्लान्टको भवन लगभग पूर्ण रुपमा ध्वस्त भएको छ । गत वर्ष यस अक्सिजन प्लान्ट नजिकैको बीएम कन्टेनर डिपोमा विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको थियो । यो विस्फोट ४ जुन २०२२ मा भएको थियो।