back
stc
prabhu insurance

आफू पक्राउ पर्न सक्ने भन्दै समर्थकलाई विरोध प्रदर्शनमा उत्रन ट्रम्पको आह्वान

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू आगामी मंगलबार पक्राउ पर्न सक्ने भन्दै समर्थकहरुलाई विरोध प्रदर्शनमा उत्रन आह्वान समेत गर्नुभएको छ ।

सन् २०१६ मा एक पोर्न स्टारलाई ट्रम्पले गरेको ब्यवहारको बारेमा मौन रहन भारी रकम दिएको आरोप लगाई उहाँलाई पक्राउ गर्न सक्ने अनुमान गरिएको हो । ट्रम्पले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफू पक्राउ पर्ने सम्भावना ब्यक्त गर्दा उहाँका अधिवक्ताहरुले भने यसको आधाकारिक पुष्टि नभएको बताएका छन् ।

ट्रम्प विरुद्ध मुद्दा दर्ता भएमा अमेरिकामा पूर्वराष्ट्रपति विरुद्ध आपाराधिक मुद्दा दर्जको यो पहिलो घटना हुने भएको छ । साथै सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार छनोट अभियानमा गम्भीर असर पर्ने भएको छ ।

ट्रम्पलाई सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अघि नै रकम दिएको सम्बन्धमा पछिल्लो ५ वर्षदेखि न्युयोर्कको अभियोजनकर्ताहरुले अनुसन्धान गरिरहेका छन् । ट्रम्पमाथि अमेरिकी संसद भवन क्यापिटल हिलमाथि दंगा मच्चाएको अभियोगमा समेत छानविन भइरहेको छ ।