back
stc
prabhu insurance

साउदी अरब र इरानका परराष्ट्रमन्त्रीबीच बेइजिङमा भेटघाट, कूटनीतिक पहल अघि बढाउने सहमति

साउदी अरब र इरानका परराष्ट्रमन्त्रीहरूबीच बेइजिङमा बिहीवार भेटघाट भएको छ । मार्च महिनामा चीनको मध्यस्थतामा यी दुई देशबीच भएको ऐतिहासिक सहमतिपछि कूटनीतिक सम्बन्ध अघि बढाउनका  लागि यो भेटघाट भएको हो । दुई पक्षबीच सात वर्षपछि भेटघाट भएको हो ।

इरानका परराष्ट्रमन्त्री अमिर अब्दोल्लाहियान र साउदी अरबका राजकुमार फैसल बिन फरहान अल साउदबीच एकअर्काको देशमा दूतावास तथा वाणिज्य दूतावास खोल्ने सहमति बनेको छ ।

सन् २०१६ मा कूटनीतिक सम्बन्ध विच्छेद गरेका इरान र साउदीले सहकार्य विस्तारका अन्य पक्षमा पनि सहमति गरेका छन् । एकअर्काको देशमा उडान गर्ने, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलले भ्रमण गर्ने सहमति पनि बनेको छ ।

दुई देशको सहकार्यमा तेर्सिएका सबै बाधाअवरोधलाई निर्मूल बनाउनका लागि पनि दुवै पक्ष तयार रहेको बताइएको छ । रियाद र तेहरानमा दूतावास खोलिनेछ भने जेद्दाह र मशहदमा वाणिज्य दूतावास खोलिनेछ ।