back
stc
prabhu insurance

नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दाबी

लस एन्जलस। नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा ९ग्यालेक्सी० पत्ता लगाएको नासाले जनाएको छ ।

यो ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको सुरुवाती विस्फोट, बिग ब्याङ्ग, को ३० करोड वर्षको समयभन्दा कम समयमा बनेको थियो ।

खगोलशास्त्रीहरूले ब्रह्माण्डको सुरुवात कसरी भयो भनेर व्याख्या गर्ने बिग ब्याङ्ग हो । यो ब्रह्माण्ड केवल एक बिन्दुको रूपमा सुरु भयो, त्यसपछि विस्तारित र अहिलेको रूपमा ठूलो रूपमा फैलिएको विचार हो र यो अझै पनि फैलिरहेको छ ।

पछिल्ला दुई वर्षमा, वैज्ञानिकहरूले वेबको प्रयोग गरी ‘कस्मिक डन’ को पत्ता लगाउने प्रयास गरिरहेका छन् । यी आकाशगङ्गाहरूले ब्रह्माण्ड धेरै सानो हुँदा ग्यास, तारा र ब्ल्याक होलहरू परिवर्तन भएका तरिकाहरूमा महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गर्ने नासाले जनाएको छ । राससरसिन्ह्वा