back
prabhu insurance
himalayanlife

पुटिन र सीबीच मध्य एसियाली शिखर सम्मेलनमा प्रभाव पार्ने होडबाजी

रुस र चीनका नेताहरू पश्चिमविरोधी गठबन्धनलाई बलियो बनाउन र रणनीतिक मध्य एसियाली क्षेत्रमा आफ्नो प्रभाव बढाउने प्रयासमा क्षेत्रीय सम्मेलनका लागि बुधबार कजाकिस्तानमा छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन साङ्घाई सहयोग सङ्गठन (एससीओ) बैठकमा सहभागी हुन बुधबार बिहान कजाकिस्तानको राजधानी अस्ताना पुगेका हुन्।
बेइजिङको नेतृत्वमा रहेको क्षेत्रीय ब्लक एससीओले मध्य एसिया, भारत र इरानलाई समेट्छ ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि मस्को र बेइजिङले उनीहरूको राजनीतिक, सैन्य र आर्थिक सम्बन्धलाई गहिरो बनाएका छन् ।

मङ्गलबार कजाकिस्तान पुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङको साथमा यो जोडीले एससीओलाई युरेसियामा आफ्नो रणनीतिक चासोलाई अगाडि बढाउने महत्त्वपूर्ण मञ्चका रूपमा हेरेको छ ।

रुस र चीन दुवैले विश्व मञ्चमा अमेरिकी नेतृत्वको ‘आधिपत्य’ को विरोध गरेका छन् । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले यसै साताको प्रारम्भमा एससीओ शिखर सम्मेलनले ‘सबै पक्षबीच अधिक साझा सहमति बनाउन सहयोग गर्ने, सदस्य मुलुकहरूको सुरक्षा, स्थिरता र विकासलाई बढावा दिन योगदान गर्ने र विश्वमा स्थायी शान्ति र साझा समृद्धिलाई अगाडि बढाउने’ मा बेइजिङको विश्वास रहेको बताएका थिए ।