back
stc
prabhu insurance

युक्रेन युद्धमा रुसलाई सहयोग गरेको नाटोको आरोपपछि चीनको कडा प्रतिक्रिया

नेटोले मंगलबार युक्रेन युद्धमा चीनको संलग्नताबारे कडा टिप्पणी गरेको थियो । नेटोले चीनलाई रुसको  समर्थक भएको  आरोप लगाएको थियो ।  यसप्रति चीनले कडा प्रतिक्रिया दिएको छ ।

युरोपेली संघमा चीनको मिसनले नेटोलाई तथाकथित चीनको दबदबालाई बढाइचढाइ नगर्न र टकराव र प्रतिद्वन्द्वीलाई नउक्साउन आह्वान गरेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले आज भने, “नेटोले मनगढन्ते सूचना फैलाएर हाम्रो देशलाई बदनाम गरिरहेको छ।” चीनले नेटोलाई एसिया प्यासिफिक क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।

चीनका छिमेकीसँगको सैन्य र सुरक्षा सम्बन्धलाई सुदृढ गर्ने नेटोको प्रयासले देशको हितका साथै यस क्षेत्रको शान्ति र स्थिरतामा समेत आँच पुर्याइरहेको परराष्ट्रमन्त्रीले बताए ।

चीन र बेलारुसले सँगै सैन्य अभ्यास गरिरहेका बेला यी टिप्पणीहरू आएका हुन्। बेलारुसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ मा युक्रेनमा आक्रमण गर्न प्रयोग गरेका थिए।