back
stc
prabhu insurance

कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने ट्रम्पको निर्णय

वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठक सम्पन्न भएको छ। बुधबार बसेको बैठकले अर्को ३० दिनका लागि सम्पूर्ण संघीय कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने निर्णय गरेको छ।

ट्रम्पले कर्मचारीलाई कडाइ गर्ने तथा अन्यथा अवकाश दिने नीतिमा अघि बढी सकेका छन्। यसका लागि उनले एजेन्सी मार्फत पत्राचारसमेत गरिसकेका छन्। यो निर्णयले अमेरिकाका सम्पूर्ण कर्मचारी तनावमा छन्। यसको असर के के हुन्छ भन्ने विषयले कर्मचारीमा तनाव बढेको हो।

क्याबिनेट बैठकमा बिलिनियर एलन मस्कको उपस्थिति र उनको बढ्दो भूमिकाका बारे असहमति जनाइएको छ। आलोचना भए पनि राष्ट्रपति ट्रम्प मस्कलाई बढी अधिकार दिने कुरामा अडिग नै रहे।

गृह मन्त्रालयले ट्रम्पले अवैध आप्रवासी फिर्ता गराउन सुरु गरे यता पहिलो महिनामा २० हजार अवैध आप्रवासी गिरफ्तार गरिसकेको जानकारी दिएको छ।