back
stc
prabhu insurance

ह्वाइट हाउसमा अमेरिकाले चीनसँग व्यापार सम्झौता

अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ। ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको हो।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, ‘मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ– अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका छन्। यस सम्झौताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी दिइएको छ। यसको विवरण सोमबार जारी गरिनेछ।’

‘पछिल्ला दुई दिन धेरै रचनात्मक भएका छन्। हामी धेरै चाँडै सहमतिको बिन्दुमा पुग्न सफल भयौँ, जसले हाम्रा मतभेद धेरैले सोचेजस्तो ठूला छैनन् भन्ने देखाउँछु, अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले भने।

उनले भने, ‘अमेरिका हाल १२०० अर्ब डलरको व्यापार घाटामा छ। यही कारणले गर्दा अमेरिकाका राष्ट्रपतिले शुल्क लगाउने घोषणा गरेका थिए।’