back
stc
prabhu insurance

ट्रम्पले लगाएको अतिरिक्त ट्यारिफ आज अर्थात् २७ अगष्टदेखि लागु हुँदै

अमेरिकाले भारतलाई लगाएको ५० प्रतिशत ट्यारिफ आज अर्थात् २७ अगष्टदेखि लागु हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल खरिद गरेर भारतले युक्रेन युद्धलाई बढावा दिइरहेको तर्क गरेका छन्। यसैबापत थप २५ प्रतिशत कर लगाएको उनले बताएका छन्।

भारतले ट्रम्पको निर्णयलाई आधारहीन भनेको छ र धेरै युरोपेली देशहरूसँगै अमेरिकाले पनि रुससँग व्यापार गरिरहेको बताएको छ।

ट्यारिफ भनेको के हो र यसले कसरी काम गर्छ ?
ट्यारिफ भनेको विदेशबाट ल्याइएको सामानमा लगाइने कर हो। यो मूलतः त्यो वस्तुको मूल्यको प्रतिशत हो। जब सामान महँगो हुन्छ, यसको माग घट्न सक्छ। अर्थात्, जति बढी शुल्क लाग्छ, सामानको मूल्य त्यति नै बढ्न सक्छ।

यस्तो अवस्थामा अमेरिकी उपभोक्तामाझ महँगो सामानको माग घट्नेछ र अमेरिकी कम्पनीहरूले कम सामान आयात गर्नेछन्। यसबाट अमेरिकी कम्पनीहरू र उपभोक्ताहरू ती देशहरू र बजारहरूमा फर्कनेछन् जहाँ सामान सस्तो छ।

गत मे महिनामा अमेरिकी व्यापार अदालतले ट्रम्पलाई यी धेरै शुल्क लगाउने अधिकार नभएको बताएको थियो किनभने उनले राष्ट्रिय आपतकालीन शक्तिअन्तर्गत त्यसो गरेका थिए। यद्यपि, भोलिपल्ट पुनरावेदन अदालतले अन्तिम निर्णय नभएसम्म उपयुक्त करहरू लागू रहन सक्ने फैसला दियो।

१० प्रतिशत शुल्कको अर्थ यदि कुनै वस्तुको मूल्य १०० रुपैयाँ छ भने त्यसमा १० रुपैयाँको कर लगाइनेछ। अर्थात्, शुल्क लगाएपछि त्यो वस्तुको मूल्य ११० रुपैयाँ हुनेछ।

निर्यातकर्ताको सट्टा आयातकर्ता फर्ममा शुल्क लगाइन्छ। उदाहरणका लागि, यदि कुनै फर्मले ५० हजार डलर मूल्य पर्ने र २५ प्रतिशत कर लाग्ने कार आयात गर्छ भने फर्मले प्रत्येक कारमा १२ हजार ५०० डलर कर तिर्नु पर्नेछ।

अन्य देशहरूबाट सामान आयात गर्ने अमेरिकाका कम्पनीहरूले कर दरको आधारमा सरकारलाई कर तिर्नु पर्छ। यसको अर्थ कम्पनीले आफ्ना ग्राहकहरूलाई करको सबै वा आंशिक भाग हस्तान्तरण गर्न सक्छ।

यदि आयात गर्ने अमेरिकी फर्मले सामानको मूल्य बढाएर करको लागत बेहोर्छ भने आर्थिक भार पूर्ण रूपमा अमेरिकी उपभोक्ताहरूमा पर्नेछ।

ट्रम्पको दाबीअनुसार विदेशी वस्तुमा यसरी कर लगाउँदा अमेरिकी उपभोक्ताले धेरै अमेरिकी सामान किन्न सक्नेछन्। आयातमा कर लगाउँदा कर संकलन बढ्नेछ र यसले अमेरिकामा नै लगानी र सामानहरू उत्पादन गर्न जोड दिनेछ।

ट्रम्प विश्वका अन्य देशबाट खरिद गरिएका सामान र अमेरिकाले अन्य देशलाई बेचेका सामानबीचको भिन्नता घटाउन चाहन्छन्।

यसलाई बुझिने भाषाामा व्यापार घाटा भनिन्छ। ट्रम्प भन्छन् धोकेबाजुहरूले अमेरिकाको फाइदा उठाएका छन्। ट्रम्पले विभिन्न देशहरूबाट हुने आयात र विशेष सामानहरूमा फरक(फरक शुल्क घोषणा गरेका छन्।