गुण्डा नाइके बस्नेत पक्राउ
काठमाडौं । गुण्डा नाइके समीरमानसिंह बस्नेतका भतिज अभिमानसिंह बस्नेत पक्राउ परेका छन् ।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गएराति सोल्टीमोडबाट पक्राउ गरेको छ । अभिमानसिंहमाथि दुई साता अगाडि कालिमाटीमा नेपालगञ्जका हेमराज शाहीमाथि खुकुरी प्रहार गरेको अभियोग लागेको छ ।
प्रहरीका अनुसार बस्नेतसहित ६ जनाको टोलीले हेमराज शाहीमाथि खुकुरी प्रहार गरेका थिए । शाहीमाथि खुकुरी प्रहार गर्नेमा चार जना युवती पनि छन् ।
समीरमान बस्नेत निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या अभियोगमा कारागारमा छन् । २०७४ असोजमा नयाँ बानेश्वरमा गोली प्रहार गरी गौचनको हत्या भएको थियो । अभिमानसिंह उनै समीरमानका भतिज हुन् ।
वि.सं.२०७८ भदौ ३१ २०:०४

















