back
prabhu insurance
himalayanlife

अन्तराष्ट्रिय बजारमा यो साता सुनको मूल्यमा आएको कमीका कारण नेपालमा पनि भाउ घटे

काठमाडौं । अन्तराष्ट्रिय बजारमा यो साता सुनको मूल्यमा आएको कमीका कारण नेपालमा पनि भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा यो साताको पहिलो दिन (आइतबार) प्रति १० ग्राम ९९ हजार ३६५ रुपैयाँ रहेको सुनको मूल्य बिहीबारसम्म निरन्तर घटेर ९७ हजार ४८० रुपैयाँ कायम भएको थियो ।शुक्रबार भने मूल्य बढेर ९८ हजार ३३५ रुपैयाँ पुगेको छ ।

यो साताको पहिलो दिनको तुलनामा अन्तिम दिन सुनको भाउ प्रति १० ग्राम १ हजार ३० रुपैयाँले कम हो । त्यसैगरी, यो साता नेपाली बजारमा चाँदीको मूल्य सामान्य घटेको छ ।

साताको पहिलो दिन १ हजार २१३ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार दिन (शुक्रबार) प्रति १० ग्राम १ हजार २०० रुपैयाँमा झरेको छ ।