back
stc
prabhu insurance

आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट हुने

काठमाडौं ।धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आईपीओ आज बाँडफाँट हुनेछ ।

आईपीओको बाँडफाँट बिक्री प्रबन्धक सनराइज क्यापिटलमा १० बजे हुने भएको छ । आईपीओमा मागभन्दा ७० गुणा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट बाँडफाँट हुनेछ ।

१९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ ।

आईपीओमा ३० हजार ९२९ जनाले मात्र सेयर हात पार्नेछन् भने १९ लाख २१ हजार ५३१ जनाको हात खाली हुनेछ । कम्पनीले साउन २४ देखि २९ गतेसम्म आईपीओ निष्कासन भएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेकोमा १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष, ५ हजार १५५ कित्ता सेयर कर्मचारी लागि छुट्याएर बाँकी ३ लाख ९ हजार २९५ कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था गरिएको थियो ।