back
stc
prabhu insurance

उपत्यकामा १४५६ थपिए

काठमाडौ । पछिल्लो २४ घण्टामा मुलुकमा ५,३१६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ नमुना पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । संक्रमण दर ३२।७ प्रतिशत पुगेको छ ।

बुधबार १०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७,२१९ जना डिस्चार्ज भएका छन् । निको हुने दर ८०.८ प्रतिशत छ । सक्रिय संक्रमित संख्या १ लाख १ हजार ९सय ९३ पुगेको छ । काठमाडौं उपत्यकामा बुधबार १,४५६ जना नयाँ संक्रमित थपिएका छन् । त्यही भएर काठमाडौ उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ।