गिट्टी बालुवा निर्यातबाट खरवौ आम्दानी हुन्छ
काठमाडौ । नेपालको प्राकृतिक स्रोत मध्ये गिट्टी ,बालुवा ,ढुङ्का ,माटो ,वालुवा एक महत्वपूर्ण स्रोत हो । यी स्रोतहरु नेपालका विभिन्न भूभागहरुमा प्रसस्त छन् । यीनको समुचित उपयोगको नीति बनाउन नसकेर गिट्टी ,बालुवा , ढुङ्गाको तस्करी हुने गरेको छ । हरेक देश कुनै न कुनै स्रोत साधनमा भरिपूर्ण हुन्छन् ।
नेपाल अन्य थुप्रै प्राकृतिक स्रोत साधनमा धनी छ , त्यस मध्ये ढुङ्गा ,गिट्टी ,बालुवामा अझ धेरै सम्पन्न छ । पूर्वाधार विकासमा यी तत्वहरुको ठूलो भूमिका छ । यी नभै नहुने चिज हुन् । यी साधन स्रोतहरुको समुचित उपयोगबाट राष्ट्रले पूर्वाधार विकास गर्नुका साथै ठूलो धन रासी आम्दानी गर्न सक्दछ ।
समुचित उपयोगको अर्थ प्रयावरण , वातावरणमा असर नगर्ने वैज्ञानिक विधिका आधारमा गर्ने भन्ने हो । त्यत्तिकै खेर गइरहेको वा उपयोग विहिन अवस्थामा रहेको गिट्टी ,बालुवा , ढुङ्गा माटोलाई छिमेकी भारत ,चीन लगायतका सार्क राष्ट्रहरुमा उचित मूल्यमा बेचेर अरवौ डलर आम्दानी गरी राष्ट्र तथा जनताको आय वृद्धि गरि मूलुकको विकास गर्न सकिन्छ ।
सरकारले यी स्रोत साधनहरुको उपयोगको वैज्ञानिक नीति नियम बनाएर ब्यवहारत कार्यान्वयनमा ल्याउन ढिला गर्नु हुदैन । वालुवा ,गिट्टि , ढुङ्गाको विश्व वजारमा ठूलो माग छ ।
नेपालको पहाडी भूभागमा यसको प्रचुर उपस्थिति छ । भुक्षय ,बाढी पहिरो जस्ता प्रकोप सिर्जना नगर्ने गरि यसको उत्खनन् तथा उधोग विकास गरेर राष्ट्रिय , अन्तराष्ट्रिय माग आपूर्ति गर्न सकिन्छ । यसबाट राज्यले राम्रो आम्दानी गर्न सक्छ र प्राप्त आम्दानीबाट मूलुकको मुहार वदल्न सकिन्छ ।
नेपालले विश्व बजारमा बालुवा ,गिट्टीको औधोगिककरण गरि यसको ठूलो उत्पादन गरि दिगो र भरपर्दो ब्यवसायको रुपमा निर्यात गर्ने आधार बनाउन सकिन्छ । पश्चिमा राष्ट्रहरुका वातावरण विदको लहै लहैमा लागेर वातावरण संरक्षणको नाममा तथा १० अर्बको कार्वन ट्रेडिङ्गको लोभमा खरवौ आम्दानी गर्न सकिने गिट्टी ,बालुवा, ढुङ्गा ब्यवसायलाई नजर अन्दाज गर्ने गल्ती सरकारले गर्नु हुदैन ।
गिट्टी ,बालुवा, ढुङ्गाको बिक्रि वितरण गर्ने सरकारको नीतिलाई चुरे दोहन तथा वातावरण विनासको रुपमा बुझिनु पूर्वाग्रही सोच हो । प्रयावरण रवातावरण ,बन , एवं चुरे संरक्षण आम सरोकारको बिषय हो । यसको संरक्षणमा कुनै शंका आवस्यक छैन ।
नेपालमा मानव वस्ति नभएका थुप्रै ठाउँमा गिट्टी ,बालुवा उत्पादन गर्न सकिने भिर पाखाहरु छन् । तिनको वैज्ञानिक तथा समुचित उपयोग गर्न सरकार हिच्किचाउनु हुदैन । जनतालाई ,राष्ट्रलाई सजिलै धनी बनाउन गिट्टी ,बालुवाको आन्तरिक बाहिय निर्यातको नीतिबाट समृद्ध नेपाल सुखी नेपालीको अभिष्ट पूरा गर्न सकिन्छ ।

वि.सं.२०७८ जेठ १९ १७:३१




















