प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

काठमाडौँ । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा दोलखाका बालकृष्ण बस्नेत नियुक्त भएका छन् । आज बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको छ।
पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत गत चैत्र २५ मा सम्पन्न निर्वाचनमा महासचिव पदमा कांग्रेस–माओवादी गठबन्धनसँग पराजित भएका थिए । कानुन व्यवसायी समेत रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए ।
सुरेन्द्र बहादुर कार्की उर्फ राम कार्की, पार्थ क्षेत्री सञ्चार मन्त्री हुँदा काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी वरालको कार्यकाल उनको नियुक्तिको योग्यता विवादलाई लिएर सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचका किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक भएका थिए ।
उनको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई नियुक्त गरेको छ । यसअघि काउन्सिलको अध्यक्षमा कास्की पोखराकी दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उनको नियुक्ति विरुद्ध अन्तरिम आदेश दिएको थियो ।
त्यसपछि कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले राजीनामा दिएपछि वरिष्ठ पत्रकार गोपाल बुढाथोकी काउन्सिलको कार्यवहाक अध्यक्ष भएका थिए। उनको छोटो कार्यकालमा धेरै रचनात्मक काम गरि विना विवाद सकिएको छ।
वि.सं.२०७८ जेठ २० २१:२७