कोरोना खोप नेपाललाई उपलब्ध गराउने अमेरिकाको घोषणा
काठमाडौं । नेपाललाई कोरोना खोप उपलब्ध गराउने अमेरिकाले घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै यसबारेमा जानकारी दिनुभएको छ ।
अमेरिकाले नेपाललाई कति डोज कोरोना खोप उपलब्ध गराउने भन्ने खुलेको छैन । प्रधानमन्त्री ओलीले खोप उपलब्ध गराउने घोषणा गरेको भन्दै अमेरिकालाई धन्यवाद दिनु भएको छ ।
वि.सं.२०७८ जेठ २० २१:५८


















