back
hangrilabank
himalayanlife
stc

साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले केही वस्तुमा छुट दिने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ र कर्पोरेशन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले केही खाद्य वस्तुमा छुट दिने भएका छन् ।

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताउनु भएको थियो ।

दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने छ । खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पोरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य पदार्थको खरिद गर्दा यो छुट पाइने व्यवस्था गरिएको थियो ।

कर्पोरेशनले पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने तेल तथा खाद्य कम्पनीले चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ । छुट लिन पहिचान खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ ।