back
prabhu insurance
himalayanlife

साल्ट ट्रेडिङ कर्पोरेशनले आजदेखि २० प्रतिशत छुटमा खाद्य वस्तु उपलब्ध गराउने

काठमाडौं । साल्ट ट्रेड्रिङ कर्पोरेशनले खाद्यान्न र खाना पकाउने ग्याँस आजदेखि सस्तो मूल्यमा बिक्री गर्ने भएको छ ।सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्य वस्तु उपलब्ध गराउने घोषणा गरेसँगै ट्रेडिङ कर्पोरेशनले आफूले बिक्री गर्ने खाद्य सामग्रीहरु २० प्रतिशत छुटमा विक्री गर्ने गरी मूल्य सार्वजनिक गरेको हो ।

सोही अनुसार साल्ट ट्रेड्रिङ कर्पोरेशनले अब चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा, खाना पकाउने ग्याँसको भाउ ११ सय २० रुपैयाँ, पीठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रति किलो १६ रुपैयाँ, भटमासको तेल प्रति लिटर १८८ रुपैयाँमा बिक्री गरिने साल्ट ट्रेड्रिङ कर्पोरेशनले जनाएको छ ।