युरोकप फुटबल : अस्ट्रिया र नेदरल्याण्ड्सको विजयी सुरुवात

एजेन्सी । युरोकप फुटबल अन्तर्गत गएराति भएको खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३– १ गोलले हराएको छ । अस्ट्रियाका लागि स्टेफन, लाइनर र मार्कोले गोल गरे । नर्थ म्यासेडोनियाको लागि गोरन पाण्डेवले एक गोल फर्काए ।
गएराति नै भएको अर्को खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३–२ गोलले हरायो । नेदरल्याण्ड्सका जर्जिनियो विनाल्डम, वाउट वेगहोस्ट र डेन्जल डम्फ्राइजले एकरएक गोल गरे । युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एकरएक गोल फर्काए ।
वि.सं.२०७८ जेठ ३१ ०६:०३