back
hangrilabank
himalayanlife
stc

काठमाडौँ महानगर र नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानविच सम्झौता

काठमाडौँ । सहरी समस्याहरुको प्रविधियुक्त समाधानका लागि आज काठमाडौँ महानगरपालिका र नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानविच सम्झौता भएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता बमोजिम सहरी बस्तु तथा सेवामा देखिएका समस्याहरुको समाधानका विषय अध्ययन, अनुसन्धान तथा विकास गर्न प्रतिष्ठानमा सहरी अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना हुनेछ ।

महानगरभित्र सम्पन्न हुने विकास निर्माणको गुणस्तर परीक्षण, महामारीजस्ता समुदायस्तरका समस्या समाधान गर्न नवप्रवर्तनमा आधारित कार्यक्रममा युवाहरुको सहभागिता बढाउने, ज्ञान, सीप र प्रविधिको विकास प्रयोग तथा हस्तान्तरण गर्ने, विज्ञान पार्कको स्थापना, खाद्य हरियाली सहर विकास लगायत क्षेत्रमा दुई पक्षविच सहकार्य हुनेछ ।

सम्झौतापछि प्रमुख शाक्यले, आवश्यकतामा आधारित योजनावद्ध विकासका लागि प्रतिष्ठानसँग सहकार्य गरिएको बताउनु भयो । यस सहकार्यबाट प्राप्त हुने परिणामले महानगरबासीमा खुशी र सेवा सन्तुष्टि प्राप्त हुने अपेक्षा रहेको प्रमुख शाक्यको भनाइ छ ।

त्यस्तै उपकुलपति डा. श्रेष्ठले महानगरसँगको सहकार्यमा हुने कार्यक्रमबाट अन्य स्थानीय तहलाई काम लाग्ने विधिहरुसमेत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

महानगरसँग सम्झौता गरेर ठोस कामको शुरुवात भएको छ । यसबाट देशको इज्जत बढ्ने काम हुनेछ, उहाँको भनाइ थियो ।

यस प्रकारका साझेदारिताबाट महानगरलाई नीति निर्माण र कार्यान्वयनमा सहज हुने सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतको भनाइ छ ।

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।