back
stc
prabhu insurance

वर्षाले लामाचौर सिँचाइ नहरमा क्षति, धाँन रोपाइ वाट विञ्चित हुने सम्भावना

पोखरा । कोरोना माहामारीको विषम परस्थिती सँगसँगै पोखरा–१९ लामाचौरका किसानलाई असार लागी सक्दा पनि रोपाई गर्न नपाइने पिरले सताइरहेको छ, उनीहरु यतिबेला हुर्किसकेको धानको बीउ र बाँझो जमिन हेरेर बस्न बाध्य छन् । विगतका वर्षमा भने असारको पहिलो साता झण्डै ३०–४० प्रतिशत खेतमा धान रोपाई भैसक्ने गरेको थियो ।

लामाचौर बाइसफाँट भोटीखोला सिचाई अन्तर्गत भोटीखोला सामुदायिक वन क्षेत्रमा यही जेठ २४ गते राती परेको पानीका कारण गएको पहिरोले सिचाँई नहर पुरेपछि लामाचौर फलाँयफाट लगायतका क्षेत्रमा धान रोपाइँको तयारीमा रहेका कृषक अन्योलमा परेका छन् ।

गत वर्ष लामाचौर भुजरुङ्खोला सडक अन्तर्गत धार्मीको बेशीचोकमा बाटो पहिरोले भत्काए पछि पहिरो पन्छाउन तथा डाँडा कटान गरी वैकल्पिक बाटो बनाउँदा निस्किएको ढुंगामाटो भीरबाट तल नहर माथि फालिएको र हालको बर्षाका कारण सोही ढुङ्गा माटो तल झरेर नहर अवरुद्ध बनाएको सिचाँई उपभोत्ता समितिका अध्यक्ष होमनाथ गौतमले बताए ।

अध्यक्ष गौतमका अनुसार जेठ २५ गते नै सिचाँई उपभोत्ता समिति वडा कार्यलय हुँदै सिचाँइ विकास डिभिजन कार्यालयसम्म उत्त पहिरो हटाउँन बजेट सहितको निवेदन लिएर गएको भएपनि हालसम्म पहिरो पन्छाउने काम अगाडि बढेको छैन ।

यता पोखरा – १९ का वडा अध्यक्ष शोभामा्ेहन पौडेल भने सिचाँइ विकास डिभिजन कार्यालयसँग समन्वय भइरहेको र नहर पुनः संचालनमा ल्याउन आफूहरूको तर्फबाट गर्नुपर्ने कार्यमा गम्भिरताका साथ लागिरहेको बताउँछन् ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका डिभिजन इन्जिनियर किरण आचार्यका अनुसार प्रदेश सरकार तथा संघीय सरकार दुबै तर्फ पहिरो पन्छाउन बजेट को लागि पहल गरिसकिएको जसमा प्रदेश सरकार सकारात्मक रहेको उनको भनाई छ, अहिले आर्थिक वर्षको अन्तिम चरण भएको साथै प्रदेश सरकारको पछिल्लो राजनितिक घटनाक्रमले बजेट निकास हुन केही जटिलता रहेको उनको भनाइ छ ।

पछिल्लो एक वर्ष यता कोरोना माहामारीले निम्त्याएको असहज परिस्थितिका बीच हाल केही दिन यताको निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव प्रशस्त रहेपनि हेरेर बस्नुको विकल्प नरहेको साथै नहर संञ्चालनमा ल्याउन ढिला भए धानको बीउ नै बिग्रिएर जाने र जमिन बाँझै रहने चिन्ता बढेको कृषक शेर बहादुर भण्डारी बताउँछन् ।
हिँउदे बाली खासै नहुने यस क्षेत्रमा वर्षे वाली अन्तर्गत धाँन खेती नै मुख्य खेतीको रुपमा रहेकोले समय मै खेती गर्न नपाउने हो भने आउँदो दिनमा आफूहरूका्े परिवारको जीविकोपार्जनमा झनै समस्या आउने भण्डारीको भनाई छ ।

पोखरा १९ लामाचौर फलाँयफाँट लगायतका क्षेत्रको झण्डै ४५० हेक्टर जमिनमा धान खेती गरिदै आएको छ, तर यो वर्ष भने किसानहरुमा खेती हुने या नहुने अन्यौलता कायमै रहदा केही दिन देखी परिरहेको अविरल वर्षाका कारण झनै ठुलो क्षतिको संभावना रहेको छ ।