back
stc
prabhu insurance

अर्थमा तीन सहसचिवको महाशाखामा परिवर्तन

काठमाडौं । अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले मन्त्रालयका तीन सहसचिवको महाशाखा परिवर्तन गरि कार्य बिभाजन हेरफेर गरेका छन् ।

प्रशासन महाशाखासँगै सुमन दाहाललाई बजेट महाशाखा समेतको दोहोरो जिम्मेवारी दिइएको छ । उनी अर्थ मन्त्री पौडेल र अर्थ सचिव शिशिर ढुंगानाको प्रियपात्र भएका छन्।

बजेट महाशाखाका धनीराम शर्मालाई अन्तर्राष्ट्रिय सहायता तथा समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ । यसअघि उक्त महाशाखाको जिम्मेवारी निर्बाह गरिरहेका श्रीकृष्ण नेपाल विश्व बैकको एडभाइजरको रुपमा संयुक्त राज्य अमेरिका जाने भएका छ्न्।