back
stc
prabhu insurance

आधिकारीक निजामती कर्मचारी युनियनको चुनाव गराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन गरी वैधानिकता दिन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासबाट बुधबार सो आदेश भएको छ ।

आदेशमा अदालतले थप गरिएको अवधिमा निषेधाज्ञा जारी हुदाँ वचत भएको समयलाई मध्यनजर गर्दै यसअघि नै निर्वाचित कार्यसमितिलाई वैधानिकता दिन भनिएको छ ।

४ वर्षे कार्यकाल सकिएपछि सरकारले विधान अनुसार एक वर्ष थपेर ट्रेड युनियनको म्याद जेठ १८ सम्म पुर्‍याएको थियो । तर, म्याद सकिनु एक महिनाअघि नै सरकारले कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको भन्दै अदालतले यस्तो आदेश दिएको हो ।

यसअघिकै कार्यसमितिलाई कायम राख्न र यथाशीघ्र निर्वाचनको प्रक्रिया अघि बढाउन श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई सर्वोच्चले भनेको छ ।

यसैबीच ट्रेड युनियनले सर्वोच्चको आदेशलाई स्वागत गरेको छ । युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले विज्ञप्ति निकालेर अदालतको आदेशको मर्म र भावना बमोजिम युनियनको यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्न सम्बन्धित सरोकारवाला निकायलाई अनुरोध पनि गरेको छ ।

No description available.No description available.No description available.