एनओसी र केल्मीबीच टोकियो ओलम्पिकका लागि सम्झौता

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) र केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङबीच शुक्रवार प्रायोजन सम्बन्धी सम्झौता भएको छ ।
टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली टोलीका लागि केल्मी ब्रान्डको खेल पोसाक, किट ब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो ।
सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुको तर्फबाट निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले खेलकुद विकासका लागि निजी क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेको बताउनुभयो । अहिले टोकियो ओलम्पिकका लागि मात्र सम्झौता भए पनि लामो समयसम्म सहकार्य र साझदारी गर्न छलफल भएको उहाँको भनाइ छ ।
केल्मीले यसअघि एन्फा, विभागीय टोली, तेक्वान्दो, कराँतेलाई प्रायोजन गरेको र भलिबलसँग सहकार्य गर्दै आएको छ ।
वि.सं.२०७८ असार ११ २०:२०