back
stc
prabhu insurance

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले आज रातिबाट लागू हुने गरी पेट्रोल तथा डिजेल–मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ ।

नेपाल आयल निगम लिमिटेडका अनुसार मूल्यवृद्धि फिर्ता गरिनुपर्ने भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिलको मागको सम्बन्धमा निरन्तरको छलफल पछि मूल्य घटाउने निष्कर्ष निकालिएको हो ।

मूल्य घटेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर १११ रुपैयाँ, पेट्रोल १२८ रुपैयाँ पर्ने छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ ।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढी रहेको र सोको कारणले निगमको लागत बढी रहेको परिपक्ष्यमा निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नु हुनेछ’, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ निगमलाई स्वचालित मूल्य प्रणालीमा लैजान सहयोग गर्नु हुनेछ भन्ने निगमले विश्वास लिएको छ आन्दोलनरत ५ विद्यार्थी सङ्गठनले निगमको यो निर्णय पश्चात् सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिनु हुनेछ भन्ने निगमले विश्वास लिएको छ ।’