back
stc
prabhu insurance

आइतबार २ बजे काँग्रेस संसदीय दलको बैठक 

काठमाडौ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज आइतबार संसदीय दलको बैठक बोलाउनु भएको छ । आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक बोलाउनुभएको कांग्रेस सचेतक पुष्पा भुसालले  जानकारी दिनुभयो ।

बैठकमा आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठक लगायत अन्य समसमायिक राजनीतिक विषयमा छलफल हुने सचेतक भुसालले जानकारी दिनुभयो । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनु भएपछि पहिलो पटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।