भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज चीनतर्फ उडयो
काठमाडौं । कोरोना विरुद्धको खोप लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज चीनको राजधानी बेइजिङ सम्म आज साँझबाट लगातार तीन उडान गर्दैछ ।
नेपाल सरकारले चीनबाट खरीद गरेको भेरोसेल खोपको दोस्रो खेप १६ लाख डोज लिन नेपाल वायुसेवा निगमको जहाज साउन ६ गते साँझ बेइजिङ उड्दैछ ।
यो जहाज बिहीबार काठमाडौं अवतरण गर्नेछन् । खोपको बाँकी डोज लिन बिहीबार साँझ जहाज पुनः बेइजिङ तर्फ जाने छ । नेवासेनिको जहाजले तीन वटा उडान गरि १६ लाख डोज खोप ल्याउने छ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएपछि चिनियाँ राजदुत यान्छीले देउवालाई भेटदै कोरोना विरूद्वको भेरोसेल खोप १६ लाख दिने घोषणा गरेकी थिइन्।
सोही खोप साउन ७,८ र ९ गते नेपाल वायु सेवा निगम मार्फत ल्याइदैछ।
वि.सं.२०७८ साउन ६ १९:१९