प्रधानमन्त्री देउवाको द्वारका महाराजसँग भेटघाट

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले चार दिन अघि नेपालको धार्मिक भ्रमणमा आएका भारतीय हिन्दु धर्मगुरु जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) सँग बालुवाटारमा भेटघाट गरेका छन् ।
साउन ६ गते बुधबार अपरान्ह हिन्दु धर्मगुरु महाराज द्वारकाले बालुवाटारमा प्रधानमन्त्री देउवा भेट्न पुग्दा प्रधानमन्त्री देउवाले महाराज द्वारकाको स्वागत गर्दै आशीर्वाद ग्रहण गरेको थिए ।
धार्मिक कार्यमा विश्वास राख्ने प्रधानमन्त्री देउवाले सो क्रममा धर्मगुरुसँग भलाकुसारी गरेका थिए । सो क्रममा महाराज द्वारकाले प्रधानमन्त्री देउवाको कार्यकाल सफल हुने, नेपाल–भारत दुई देशको सम्बन्ध पनि प्रगाढ बन्ने योग रहेको बताएका थिए ।
यस्तै प्रधानमन्त्री देउवाको ग्रह र नक्षत्र राम्रो रहेकाले उहाँको यो कार्यकालमा देशको पनि प्रगति हुने पनि धर्मगुरुले बताएका थिए।
जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) भारतीय जनता पार्टीसँग निकट रहेका ठुला गुरु हुन ।
उनले साउन ६ गते पशुपतिमा विशेष पूजाआजा गरेर देउवालाई भेटेका थिए । देउवालाई भारतीय जनता पार्टीको सहयोग रहने विश्वास महाराज द्वारकाले दिलाएका छन ।
प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साउन ३ गते राती १० बजे र साउन ४ गते लामो कुराकानी गरि नेपाल–भारत सम्बन्धलाई दरिलो बनाउने प्रतिवद्वता व्यक्त गरिसकेका छन्।
वि.सं.२०७८ साउन ७ ०७:४०