back
prabhu insurance
himalayanlife

प्रधानमन्त्री देउवाको द्वारका महाराजसँग भेटघाट

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले चार दिन अघि नेपालको धार्मिक भ्रमणमा आएका भारतीय हिन्दु धर्मगुरु जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) सँग बालुवाटारमा भेटघाट गरेका छन् ।

साउन ६ गते बुधबार अपरान्ह हिन्दु धर्मगुरु महाराज द्वारकाले बालुवाटारमा प्रधानमन्त्री देउवा भेट्न पुग्दा प्रधानमन्त्री देउवाले महाराज द्वारकाको स्वागत गर्दै आशीर्वाद ग्रहण गरेको थिए ।

धार्मिक कार्यमा विश्वास राख्ने प्रधानमन्त्री देउवाले सो क्रममा धर्मगुरुसँग भलाकुसारी गरेका थिए । सो क्रममा महाराज द्वारकाले प्रधानमन्त्री देउवाको कार्यकाल सफल हुने, नेपाल–भारत दुई देशको सम्बन्ध पनि प्रगाढ बन्ने योग रहेको बताएका थिए ।

यस्तै प्रधानमन्त्री देउवाको ग्रह र नक्षत्र राम्रो रहेकाले उहाँको यो कार्यकालमा देशको पनि प्रगति हुने पनि धर्मगुरुले बताएका थिए।
जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) भारतीय जनता पार्टीसँग निकट रहेका ठुला गुरु हुन ।

उनले साउन ६ गते पशुपतिमा विशेष पूजाआजा गरेर देउवालाई भेटेका थिए । देउवालाई भारतीय जनता पार्टीको सहयोग रहने विश्वास महाराज द्वारकाले दिलाएका छन ।

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साउन ३ गते राती १० बजे र साउन ४ गते लामो कुराकानी गरि नेपाल–भारत सम्बन्धलाई दरिलो बनाउने प्रतिवद्वता व्यक्त गरिसकेका छन्।