नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गर्ने पक्राउ

काठमाडौं। नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं.२ का ३६ वर्षका विजय श्याम रञ्जित हुनुहुन्छ । रञ्जितलाई काठमाडौं महानगरपालिका, वडा नंं.३ महाराजगंजबाट आज प्रहरीले पक्राउ गरेको हो ।
रञ्जितले नेपाल मेडिकल काउन्सिल बासँबारीबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि प्रमाणपत्र प्रवेश परीक्षामा सहभागी भएर अनुर्तिण भएका थिए ।
रञ्जितले काउन्सिलको स्थाई दर्ता प्रमाणपत्र नम्बर १०८५५ को प्रमाणपत्रमा छाप लगाई, रजिष्टरको समेत किर्ते गरेको सूचना अनुसार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उहाँलाई लिखित सम्बन्धि कसूर अपराधमा कारबाहीका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ साउन १० १७:३३