लुम्बिनी प्रदेशका तीन मन्त्री पार्टीबाट निष्कासित

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीका तीन जनालाई पार्टीले कारवाही गरेको छ ।
पार्टी निर्णय विपरीत सरकारमा सहभागी उनीलाई पार्टीबाटै निष्काशन गरिएको हो । यसैबीच लुम्बिनी प्रदेश सरकारले उपयुक्त समयमा विश्वासको मत लिने प्रस्ट पारेको छ ।
जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएपछि थप प्रदेश सरकार संकटमा परेको छ । यद्यपि प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले केन्द्रमा एउटा र प्रदेशमा अर्को गठबन्धन पनि बन्न सक्ने भन्दै तत्काल सरकारमाथि कुनै संकट नदेखिएको दावी गरेका छन्।
वि.सं.२०७८ साउन १२ २१:२३